एमाले काठमाडौंमा भाँडभैलो

काठमाडौं, नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको खबर आजको नेपाल समाचारपत्रमा छ ।नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन ।

सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ । पार्टीको विधानअनुसार तीन – तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात बर्ष बितिसक्दा पनि हुन सकेको छैन ।