बेपत्ता परिवारको पिडा ओकल्दै आयो बेग्लै सामाजीक भाव सहित ‘हेर्छु म’

काठमाडाैँ, मनोरन्जनको साधन र रमाइलोका लागि लिप्त भैरहेको सांगीतिक दुनियामा बेग्लै रस सहित बेपत्ता परिवारको पिडा बोकेर ‘हेर्छु म’ बजारमा आएको छ । गित संगितहरुको भिडमा बेग्लै भाब बोकेर बजारमा आएको छ ‘हेर्छु म’ कलाकार संगिता थापाको शब्द र गंगा गजमेरको स्वरमा बिल्कुलै नयाँ गित बजारमा आएको हो ।

भिन्न र मौलीक शैलीमा सामाजीक भाव बोकेको गितमा संगित भरेका छन मानसी किरणले । दश बर्षे दन्द्धका बेला राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारीएका ब्यक्तीहरुको बास्तवीक कथामा आधारीत गितले बेपताहरुको स्थीतीको बिषयमा बोलेको छ । हेर्दै भावनात्मक पक्ष र सामाजीक सन्देश बोकेको गितको भिडीयोमा बेपत्ता श्रीमान कुरेर बसेकी श्रीमतीको कारुणीक्तालाई देखाउन खोजीएको छ । सन्तोष भटराईको निर्देशन र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त भिडीयो लोकालीटीमा आधारीत छ ।

समाजीक सन्देश बिनाका गितहरु बिल्कुल मनोरन्जनका साधन भएको र आफुहरुले सस्तो लोक प्रियताका लागि भन्दा पनि मुलुकको पिडालाई ओकल्न खोजीएको गितका लेखीका संगिता थापाले बताइन । उनि भन्छीन गित मनोरन्जन र रमाइलोका लागि मात्र नभएर सामाजको प्रतिबिम्ब हुनुपर्छ । आफुले लोकप्रियताको लागेी मात्र लेख्ने नगरेको दावी समेत गरीन ।

मुलुक बिगत १० बर्षे दन्दको पिडा बाट थिला थिला भएको बताउदै अब कलाकारहरुले ती पिडालाई बाहीर ल्याउनु पर्ने बताउछन गितका संगितकार मानुसी किरण उनि भन्छन । जनता र सामाजमा भडकिला गितहरुले पाश्चात्य संस्कृतीलाई योगदान गरेकाले देशका लोकालीटीमा मुलुकका समास्याहरु प्रतिबिम्बन गर्नु पर्ने बताउछन । सामाजलाई उछृखंल गर्ने प्रकारका गितसंगितहरु भित्रीएको चिन्ता प्रकट गर्दै किरण भन्छन । सचेत कलाकारहरुको आबश्यक्ता रहेको बताउछ । त्यस्तै थुप्रै गितहरुमा स्वर दिइसकेकी गंगा गजमेर आफुले यस्ता गितहरुमा स्वर दिन पाँउदा कलाकार हुनुको सार्थकता प्राप्त गरेको बताँउछीन ।

यस्ताे छ गित भिडियाे सहित