प्रचण्डकाे सरकारमा धर्ना दिन गएका बाबुराम प्रहरी नियन्त्रणमा

काठमाडौं,राजनितिका पनि अनाैठा अनाैठा संयाेगहरू हुन्छन । कुनै बेला नेपालकाे राजनितिमा दिग्गज दुइ हस्तिका रूपमा रहेका प्रचण्ड,बाबुरामले दश बर्षे जनयुद्धमा नायकका रूपमा  भुमिका खेले। नेपालकाे अामुल परिबर्तनमा महत्वपुर्ण हिस्सा लिने दश बर्षे जनयुद्धका यी दुइ हस्तीकाे इतिहाँस पनि त्यस्तै रहयाे  । समय एउटै रहेन समयनुसार परिबर्तित उनिहरूकाे राजनिति बिचार अादर्श पनि बदलिदै गयाे । बदलिएकाे राजनितितिक घटनाक्रम र बिचारले उनिहरूलार्इ अहिले दुइ धुर्वमा उभ्याएकाे छ । प्रचण्डबाट केहि महिना पहिले मात्रै छुटै पार्टी खाेलेका बाबुराम  यतिबेला निर्वाचन आयोगबाहिर धर्ना दिन गएका थिए । नयाँ शक्ति नेपाल नामकाे पार्टी खाेलेर  संयोजक भएका डा.बाबुराम भट्टराई सहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ दललाई आफ्नो चुनाव चिन्हबाट वञ्चित गर्न लागिएको भन्दै विरोध प्रदर्शन गर्न गएका नयाँ शक्ति नेपालका संयोजक भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, नेताहरु हिसिला यमी, परशुराम तामाङ, रामकुमार शर्मा, सांसद गंगा चौधरी लगायत ५०/ ६० जना नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनस्थलबाट ट्रकमा राखेर लगेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। पक्राउ परेका आन्दोलनकारीलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।

थुनाभित्रै धर्ना

यसैवीच सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म प्रहरी कार्यालयबाट बाहिर ननिस्किने भन्दै पक्राउ परेका नेताहरुले प्रहरी कार्यालयभित्रै धर्ना सुरु गरेको जनाएका छन् । बाबुराम भट्टराईको नेतृत्वमा पक्राउ परेका दुई दर्जन बढी नेताहरुलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।