हुम्लामा नागरिकता लिनेको भीड
प्रकासित मिति : २०७३ चैत्र १७, बिहीबार ०५:४०
प्रकासित समय : ०५:४०
हुम्ला, जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।
सामान्य दिनमा दैनिक चार÷पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।
प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जानकारी दिनुभयो ।
म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको बताइएको छ ।