अस्पताल पठाउन धामीकाे सिफारिस

रुकुम ,अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्यान गाह्रो पर्छ । रुकुमको सिस्नेका बसिन्दा भने यस्तै नियती भोगिरहेका छन् । 

बिरामी भएपनि धामीको सिफरिसबिना उनीहरु अस्पताल जान सक्दैनन् । उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ बर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो ।आजको कान्तिपुरमा खबर छ ।

एक बर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे । बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन । उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो ।