अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा

ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् ।  समाजसेवीका रुपमा अग्रपंतीमा नाम आउने घिमिरेले अब युवापुस्तालाई देश बनाउन जिम्मा दिनुपर्ने बताउँदै आफुले आमुल परिवर्तन ल्याएरै छाड्ने दृढता व्यक्त गर्छन् । अनुभबी र पाका मान्छेबाट बिगत र बिचार बुझेर अग्रगामी सोच राख्ने, घाम पानी सहन सक्ने र समाज तथा देश बुझेका युवाबर्गले अब समाजको नेतृत्व गर्नुपर्छ भन्ने धारणा राख्छन् । घिमिरे पछिल्लो पुस्ताले एकदमै रुचाईएका व्यक्ति मध्ये पर्दन् ।

गोदावरी क्षेत्रलाई आर्थिक, समाजिक, पर्यावरणिय , पर्यटकिय र धार्मीक हिसाबले विकासको निम्ती अघि बढाउन लागि परेका घिमिरे राजनिति र विकासलाई एकैसाथ अघि बढाउनुपर्ने विचार राख्छन् । समाजसेवालाई कर्तव्य ठान्ने नेता घिमिरे कलाकार समेत हुन् । मोडल तथा नायक रहेका घिमिरे गोदावरी क्षेत्रमा मात्र नभई देशैभरि चिरपरिचित छन् ।

समाजसेवामा आँखा चिम्लेर लागेका घिमिरेले थुप्रै दिनदुखिको उद्धार गरेका छन् । “जहाँ दुख पाएका व्यक्ति देख्छु, उद्धार गरिहाल्ने बानी नै परिसक्यो । ” घिमिरे बताउँछन् । राजनितिमा निकै सक्रियताका साथ लागेका घिमिरे राजनीतिक स्थायीत्व र भिजन सहितको नेतृत्वका धनी भएकै कारण उनलाई नै मेयर बनाईनुपर्ने गोदावरी नगरपालीकाको समुदायको धारणा छ । कलाकारीतासंगै समाजसेवा र राजनितिमा संलग्न घिमिरेले भुकम्पका समयमा पिडितको दुखमा मह्लम लगाउने काम गरेका थिए ।

समाजसेवी घिमिरे भन्छन् , पैसा र पदको दुरुपयोग गरेर सोझासाझा नागरिकको जीवन वर्वाद नगरियोस् । गलत काम गर्नेहरुको जीवनमा केहि समय राम्रो भएता पनि अन्ततः कानुनको कठघरामा उभिनु पर्छ भन्ने नभुल्न उनको आग्रह छ । उनि भ्रष्ट नेताहरुलाई राजनितिमा छिर्नै दिन नहुने धारणा राख्छन् । दिनानुदिन युवापुस्ता रोजगारका लागि मातृभूमिलाई छाडेर विदेश जाने क्रम उच्च हुँदै गएको छ ।, परिवर्तनको झण्डा बोकेर आफ्नै देशलाई सुन्दर र शान्त बनाउनु पर्ने युवाहरू खाडी मुलुकहरूमा ५०÷५५ डिग्रीको गर्मीमा आफ्ना परिवारको लालन पालनको लागि मजदुरी गरिरहेका छन् । आफ्नो देशको धरोहर युवापिढी विदेशिनु हुन्न ,उनिहरुले नेपालमै गरिखान पाउनुपर्छ भन्ने धारणा राख्ने घिमिरे भन्छन् – “ युवाहरूलाई आफू सत्तामा पुग्नका लागि भ¥याङको रूपमा प्रयोग गर्ने तर तिनै युवाहरूलाई भोली खाडी जान बाध्य पार्ने नेपालको राजनितिमा अब परिवर्तन ल्याउनु जरुरी छ ।” गोदावरी क्षेत्रमा हुने बाह्रबर्षे मेलादेखि भुकम्पको पिडामा साथ र राहत दिने घिमिरे नै सच्चा नेतृत्व भएको समुदायको भनाई छ ।