गजल
प्रकासित मिति : २०७३ चैत्र १२, शनिबार ०१:२७
प्रकासित समय : ०१:२७
थोरै सम्पती बढी साउको ऋण भएर
के पुग्छ सानो घर टुक्रा जमीन भएर ।
ती बुढा पाखुरा चल्न छोडेछन बुझियो
आज बाबाको अनुहार मलीन भएर ।
यो देशका युवा दिनहुँ पलायन छन
यहाँ रोजगार पाउन कठीन भएर ।
एकसरो लगाउन पाइएको छ धन्न
पठाउने कहिले भारत चीन भएर ।
म मुस्कुराउन छोडेको धेरै भयो यता
हासो खुशी जति उनैको अधीन भएर ।।
जाजरकाेट ,सक्ला