करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने

काठमाडौं,नायीका करिष्मा मानन्धरले आफैले फिल्म निर्देशन गर्ने भएकी छन् । उनले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि आफ्नै छोरी कवितालाई उक्त फिल्ममा डेब्यु गराउने भएकी छन् ।

फिल्मको हाल स्क्रिप्ट, संगीत लगायतका प्रिप्रोडक्सनको काम चलिरहेको बताइएको छ ।फिल्म खेल्नका लागि करिष्माले छोरीलाई तौल घटाउन लगाएकी छिन् । करिष्माकी छोरी यतिबेला अमेरिकामा आफ्नो अध्ययन गरिरहेकी छिन् ।

फिल्मका छोरीले रुचि देखिएपछि करिष्माले आफ्नै ब्यानरबाट छोरीलाई फिल्मी क्षेत्रमा भित्र्याउन लागेकी हुन । केही समयपछि फिल्मको घोषणा गर्ने तयारी रहेको करिष्माले बताएकी छन् ।