‘छक्का पञ्जा’को पाईरेसीको आरोपले आत्महत्या गर्ने युवकको पाईरेसीमा मुख्य भुमिका थिएन

वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को चर्चा सेलाउन नपाउदै विवादमा फसेको छ । विवादमा फसेसंगै चलचित्रको निर्माता दिपकराज गिरी तनावमा देखिएका छन् । पुष २८ गते छक्कापञ्जा फेसबुक मार्फत सार्वजानिक भयो । चलचित्र पाईरेसी गरेको आरोप लाग्यो चाहविल बस्ने २३ वर्षिय कुष्ण सुवेदीलाई । पाईरेसी गरेको आरोप प्रमाणित हुन नपाउदै कृष्णले आत्महत्या गरेपछि घटना रहस्यमय भयो ।

काठमाडौं चहविल बस्दै आएका नवलपरासीको कावासोती घर भएका सुवेदीले आफ्नै कोठामा सिलिङको पंखा झुण्ड्याउने हुकमा गल्बन्दिको पासो लगाएर आत्महत्या गरे । सुवेदीको परिवारले आत्महत्याको कारण दीपकराज गिरी र प्रहरीहरुले दिएको मानसिक तनाव रहेको आरोप लगाएको छन् ।

गौशाला प्रहरी प्रभागका डिएसपी नवराज कार्कीअनुसार आफूहरुले यो घटना सुवेदीको मृत्यु भएपछि थाहा पाएको बताएका छन् । नेपालआजसंग कुरा गर्दै उनले भने ‘छक्का पञ्जाको बारेमा हामीलाई कसैले उजुरी गरेको छैन । आत्महत्या हुनुभन्दा अघि के के भयो त्यो पनि हामीलाई थाहा छैन । आत्महत्यापछि हामीले पोस्ट माटन गरेका छौँ । हत्या हो की आत्महत्या रिर्पोटले बताउछ ।’

कृष्णको सुसाईड नोट

‘यो मृत्यु होइन हत्या हो, एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो । आमा, बाबा, दाइ, दिदी मलाई माफ गर्दिनु । बैँकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनु होला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ ।’ प्रहरीका अनुसार कृष्णले यस्तो सुसाईड नोट लेखेका हुन् । उनले सुसाईट नोटमा आफ्नो बैँक एकाउन्टको कोड नम्बरसमेत उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी आएपछि फिल्मका निर्माता एवं कलाकार दीपकले फेसबुकमा स्टाटस लेख्दै आफूलाई बिना कारण आरोप लगाएर तनाव नदिन आग्रह गरेका छन् ।

दिपकको फेसबुक स्ट्टाटस

उनले आफ्नो केही गल्ती साबित भएमा सजाय भोग्न पनि तयार रहेको बताएका छन् । ‘मृत्यु हो, हत्या वा अरु केही कारण हो, प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको सही कारण के हो ? अनुसन्धानबाट खुल्ने नै छ । यो संवेदनशील र मुस्किलको समयमा मनदेखि भन्न चाहन्छु, हाम्रो एक प्रतिशत पनि गल्ती साबित भए सजाय भोग्न तयार छौँ ।’

आफ्नो क्षति हुँदाहुँदै पनि हदैसम्म लचिलो भएर प्रस्तुत भएको भन्दै दीपकले हत्याको आरोपले थप मर्माहित बनाएको उल्लेख गरेका छन् । दीपकलेले फेसबुक स्टटसमा अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल र आफूले कृष्णलाई पैसा कमाउने नियतले पाईरेसी नगरेकाले सामान्य तारिकमा छोडेको बताएका छन् । दीपकले कृष्णको भविष्य नविगार्ने उद्देश्यले सम्झाई बुझाई गरेर छोडेको उल्लेख गरेका छन् । कृष्णको पाईरेसीमा मुख्य भूमिका नदेखिएपछि छोडिएको आशय दीपकको फेसबुकमा स्ट्याटसमा रहेको छ ।

पाईरेसी यसरी भयो ‘छक्का पञ्जा’

छक्का पञ्जाको लिक हुनुमा सबभन्दा पहिले केही दिनअघि निधन भएका तीतो सत्यका कलाकार आरपी भट्टराईका छोरा श्रीजल भट्टराईले चलचित्रको कपी सबभन्दा पहिले अनिस रञ्जितलाई दिएका रहेछन् । अनिसले आफ्नो साथी सागर सापकोटालाई हेर्नका लागि छक्का पञ्जाको सिडी दिए । सागरसँगै एउटै कोठामा बस्ने कृष्णले साथीले खाना खान गएको मौकामा गुगल ड्राईभमा यो फिल्म अपलोड गरे । फिल्म फेसबुकमा पोस्ट हुनासाथ यो घटना घट्न पुगको हो ।

प्रस्तुतिः सागर बुढाथाेकी नेपाल आज