समाचार Archive

साझा र विवेकशील पार्टीको पुनः एकता हुँदै
काठमाडौँ, साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो । विभाजन

कोरोना बिमाका कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक
काठमाडौं, २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट

भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार
नेपालगञ्ज, भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार

२४ घण्टामा १३८२ कोरोना संक्रमित थपिए
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२

थप २३ संक्रमितको मृत्यु, संख्या १६३७ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान
जुम्ला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु गर्ने
इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर
काठमाडौं, सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उँचाइ ८८४८.८६ मिटर रहेको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा

मोरङमा एक शिक्षकको गोली हानी हत्या
मोरङ, मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो । ५४ वर्षीय शिक्षकको हत्यामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको संलग्नता देखिएको छ जिल्ला प्रहरी