समाचार Archive

ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना

दाङ , भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो

काठमाडौँ,  उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम

बाघको छाला र भालुको पित्तसहित एक पक्राउ

अमरगढी, बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा

कोरोनाबाट विदेशमा थप ३ को मृत्यु

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ

दिल्लीमा आन्दोलनरत किसानको इन्टरनेट काटियो

नयाँदिल्ली,  भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरी इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज

दुबइले अब विदेशी नागरिकलाई नागरिकता दिने

काठमाडौं,  संयुक्त अरब इमिरेट्स (युएई) ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिंडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

नक्कली नेपाली नोटसहित दुई पक्राउ

कञ्चनपुर,  सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता

सुर्खेत,  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुई पक्षीय सम्झौता भएको छ ।दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा

जापानमा एकै दिन झण्डै एक सय उडान रद्द

टोकियो,  जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्याधिक हावाहुरी र भारी हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी