समाचार Archive

पूर्वसचिव श्रेष्ठको निधन

काठमाडौं ,नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना गरिएको थियो

चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा हिडेपछि

काठमाडौं रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ४ ख ६३३० नंको

जङ्गलमा मानव कङ्काल फेला

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक

‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जना पक्राउ

काठमाडौं,महानगरीय अपराध महाशाखाको टोलीले बुधवार रत्नपार्क क्षेत्रबाट ‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका ३ थिप्ले घर भई हाल असन बस्ने ३० वर्षीय कुमार श्रेष्ठ रहेको महाशाखाका

भारतीय सवारीसाधनका कारण जाम बढ्यो

पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ । पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ । भारतीय चालकलाई

प्रहरीले नै शाहीलाई सुरक्षा दिन सक्दैनौँ भनेपछि ….

काठमाडाैँ,कानुन बमोजिम सार्वजनिक स्थानमा गर्न पाउने कार्यक्रम नगर्न प्रहरीले आग्रह गरेको आरोप लगाइएको छ। भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द बहादुर शाहीले बुटवलको मिलन चोकमा भ्रष्टाचारविद्धको कार्यक्रम गर्न खोजेपछि प्रहरीले नै फोन गरेर कार्यक्रम नगर्नको लागि आग्रह गरेको

गायक रामकृष्ण ढकाल र निलम शाहको डिभोर्स

काठमाडौं, लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो । ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका

मोटरसाइकल चोरी गर्दा-गर्दै पक्राउ

काठमाडौं, नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दा-गर्दै एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११, सिप्रदी कार्यालयनजिकै सडकखन्डमा मोटरसाइकल चोरी गर्दा-गर्दै मकवानपुर, थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । प्रभागका

अज्ञात समूहले वडा कार्यालयको सामग्री जलायो

रुकुम पश्चिम,आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयको सामान जलाइएको छ । सोही नगरपालिकाको भयाउनेमा रहेको कार्यालयका सामान अज्ञात समूहले मंगलबार राति १ बजे जलाइदिएको हो । कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलेका छन ।