समाचार Archive

ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, ५ को अबस्था गम्भीर

दार्चुला, दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका

पर्सामा थप १९ जनामा कोरोना संक्रमण

पर्सा, पर्सामा तीन महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा पर्सागढी नगरपालिका–४ का १२ जना छन्। यसैगरी धोबनी गाउँपालिका–३ का एक तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, ९, १५, १६ र

काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं,ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित

जब थातथलो छाडेर बाँसखर्क आए लिदीवासी…

सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ… जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला

चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको

संकटकै बेला महँगियो भान्सा : खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौं, कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ । काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका

रुकुम पश्चिममा थपिए १८ जना कोरोना सक्रमित

सुर्खेत, रुकुम पश्चिममा थप ९ जना कोरोना संक्रमण भएकाे छ  । कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । यस अघि एक सरकारी

काठमाडौं उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

संखुवासभा,  संखुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् । आइसोलेसन तोडफोड गरेको

दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टि

दाङ , दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन् । संक्रमितलाई आइसोलेसन