समाचार Archive

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै
काठमाडौ, सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव

कतारमा १४३ नेपालीले गरे रक्तदान
दोहा, कतारमा १४३ जना नेपालीले रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनमा १४३ नेपालीले रक्तदान गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए

कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या
एजेन्सी, दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान

टिपरले बसलाई ठक्कर दिंदा पाल्पामा आठ जना घाइते
पाल्पा, पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु हुन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या
एजेन्सी, फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम बासिलिकमा भएको

दाङ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु
भालुवाङ, दाङ देउखुृरीको राप्ती गाउँपालिका १ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहिवार बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो ३ः५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका

कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको

पेस्तोल र लागूऔषधसहित दुई युवा पक्राउ
जनकपुर, सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका–२ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा

राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न गृहले माग्यो १०० जना दर्ता अपरेटर
काठमाडौँ, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५