मुख्य समाचार Archive

भारतमा ज्यान गुमाउनेको संख्या २४ हजार ९२९ पुग्यो

काठमाडौं ,भारतमा बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको । एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

नेपालमा सङ्क्रमित भन्दा निको हुने बढि

काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

अध्यागमनका कर्मचारीले चिनियाँ नागरिकलाई बेचे भिसा

काठमाडौं , अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ।

२५ किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं, प्रहरीले २५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १९ विश्वम्भरपुर टोलबाट २५ केजी चाँदी सहित स्थानीय वकिल अन्सारीलाई पक्राउ गरेको हो । ना६१ प ७२०४

रुकुम घटनाका ५ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

रुकुम, सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी

शसस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ

काठमाडौं,सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामा पाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीमाथि चितवनकी एक ३० वर्षीया महिलालाई तालिमकेन्द्रस्थित आफ्नै क्वाटरमा बोलाएर बलात्कार गरेको आरोप

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित, ९ जना डिस्चार्ज

बाँके ,बुधबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जित्दै बाँकेबाट ९ जना डिस्चार्ज भएका छन । कोरोना भाईरससँगको लडाईमा जित हासिल गरेका बाँकेका ७ र बर्दियाका दुई जना डिस्चार्ज भएका हुन । ९ जना

भोलिदेखि अनलाइन कक्षा बन्द

काठमाडौं, निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द गर्ने र

खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने

हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ। जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । ‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट