पत्रपत्रिका Archive

आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै
काठमाडौ ,मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा

अब विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध,
काठमाडौं ,शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो

यस्तै हुन्छ अर्काको नाममा ट्रायल दिँदा..
काठमाडौं ,अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् । मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् । सीतापाइला राकमोटका १९

कानुनले छुँदैन नेपाली सेनालाई ?
काठमाडौं, कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन ।यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ । तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर

परराष्ट्रमा २४ करोडकाे अनियमितता
काठमाडौं ,परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको खबर आजको नागरिकमा छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परिक्षकको

नक्सा पासै नगरी राष्ट्रपति निवास !
काठमाडौं , राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो । संविधान

आन्तरिक विवाद सुल्टाउन एमालेलाई चुनौती
काठमाडौं, अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ ।

माओवादीले ९ गते उम्मेद्वार तोक्ने
काठमाडौं, । सत्ता नेतृत्वको माओवादी केन्द्रले वैशाख ९ गने स्थानीय तहका उममेदवार चयन गर्ने भएको छ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र कार्यालय बैठकले ९ वैशाखमा चुनावी सभा गरी

निर्वाचनका लागि दलीय तयारी फितलो
काठमाडौं, स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन्

गाडी चलाउँदैहुनुहुन्छ ? हर्न नबजाउनुहोला
काठमाडौं, सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ । सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न