पत्रपत्रिका Archive

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापा, झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा

युवासंघका नेता विरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

काठमाडौ, ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिक्मत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको

विश्व च्याम्पियनसिप फाइनलमा अमेरिकी स्वीमर पोखरीभित्रै बेहोस

काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ ।बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया

मैले कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन : मन्त्री आले

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेका छन्।उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको

अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत

न्युयोर्क, अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ।बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो। समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच

खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

काठमाडौं, चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

काठमाडौं। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ