पत्रपत्रिका Archive

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो
सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी, ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।उक्त

लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’
काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप
जोमसोम , मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त
काठमाडौंँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन्

कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख
काठमाडौँ, कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ
काठमाडाैँ, बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर, रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु