पत्रपत्रिका Archive
पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ
झापा, पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक
सम्झना कामीका हत्या आरोपित अस्पतालबाट फरार
बझाङ, मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति भागेका हुन् ।बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको
मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
धनुषा, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन

शिकारीले छाडेको भरुवा बन्दुक पड्केर एकको मृत्यु
उदयपुर, बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर

उदयपुरको चुन ढुंगा खानीमा शक्तिशाली बम बिस्फोट, ५ घाइते
उदयपुर, उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई पुरूषको बिहिबार राति मृत्यु भएको हो ।मृतक दुवै दाङको तुलसीपुर उपमहानगरपालिका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने
नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।
अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने

यसकारण भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित
काठमाडौं, चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।कैदी रेशमलाल

कोरोनाभाइरस पहिचान हुनु निकै अघि नै यो अन्य देशमा भेटिइसकेको तथ्य भेटियो
एजेन्सी, यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो एक अनुसन्धानमा चीनमा कोरोना भाइरसको पहिलो संक्रमितको पहिचान गर्नु केही हप्ता अघि नै अमेरिकामा डिसेम्बर २०१९ को मध्यतिर नै भेटिएको हुनसक्ने अनुमान गरेको छ ।

