समाचार Archive
लाइसेन्स बेच्ने धन्दामा यातायातका हाकिम र ट्राफिक प्रहरी
काठमाडौं,विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन

चावहिल, साँखु सडक : ५० प्रतिशत भागमा सडक चौडा
चावहिल,साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ ।उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै

कजाकस्तानको विमान दुर्घटनामा मृत्यु हुनेको सँख्या १५ पुग्यो
नुरसुल्तान, कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा घाइते
सुक्खा पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध
मुस्ताङ, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको

जब १७ वर्षीया किशोरी विमान चोरेर उडन खोजिन…
क्यालिफोर्निया, अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् । लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा

६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ
वीरगन्ज, डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् । पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४० का ७० वर्षीय मोहम्मद भनिने

आमा बनिन् ‘चपली हाइट’ कि नायिका विनिता बराल
काठमाडौं, नायिका विनिता बराल आमा बनेकी छन्। फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन्। दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत

स्थानीय तहका अख्तियारमा उजुरीका चाङ
नेपालगञ्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब

प्रेमीको सहयोगमा आमाको हत्या गर्ने भट्टराई सहित चारजनालाई जन्मकैद
भक्तपुर, प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो। गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै

भ्रमण वर्षलाई लक्षित गर्दै बैतडीमा प्याराग्लाइडिङको परीक्षण उडान
बैतडी, बतडी एमेजिङ एड्भेन्चर प्राइभेट लिमिटेडले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान गरेको छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा परीक्षण उडान गरिएको हो । जिल्लामा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले प्रयास थालेको संस्थाका

