समाचार Archive

विषाक्त ग्याँस चुहावट हुँदा भारतमा ८ जनाको मृत्यु
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारतमै रोकिएका ६ नेपाली महाकाली तरेर भित्रिए
दार्चुला, लकडाउनका कारण भारतमै रोकिएका ६ नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका ३

लकडाउन उलंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीकाे नियन्त्रणमा
दाङ, जिल्ला प्रशासन कार्यालय दाङबाट जारी गरेको लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लकडाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको

सांसदहरुको कोरोना रिपोर्ट आजै आउने
काठमाडाैँ, संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । भोलि (शुक्रबार) बाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो। शुरूमा

संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने
काठमाडौं, कोभिड–१९ का कारण मुलुक जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ । तर, लकडाउनकै अवस्थामा पनि संघीय संसद्को वर्षे (बजेट) अधिवेशन गर्नुपर्ने वाध्यता छ । बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित

पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना,चालक घाइते
अछाम, पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । वडा नम्वर ४ कालिकास्थानको टोट्केसालमा अहिले केहिबेर अघि दुर्घटना भएको हो । सुर्खेतबाट अछाम आउदै गरेको नगरपालिकाको से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको

पलाँताको तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु
कालिकोट, जिल्लाकाे पलाता गाउँपालिका स्थित तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु भएको छ । प्रदेश सरकारकाे करिब २ करोड बजेटमा पक्की पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले जानकारी दिए । प्रदेश

अध्यक्ष बमले गरे ब्यक्तिगत रुपमा खाद्यन्न सहयोग
कालिकोट, जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छले गाउँपालिकाको वडा न २, दाममा खाद्यान्न सहयोग गरेका छन । लकडाउनका कारण विपन्न परिवार र ज्याला मजदुर गरेर बिहान बेलुकी खाना खाने परिवारलाई व्यक्तीगत रुपमा बमले सहयोग
पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु
काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो। मोटरसाइकलसहित

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा

