पत्रपत्रिका Archive

अझै दिइएन आमाको नामबाट नागरिकता

काठमाडौं ,महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको

सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली

नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

काठमाडौँ , सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)

समुदायमा कोरोना फैलिएपछि बढ्यो मृत्युदर

काठमाडौँ,  समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन

गुटगत भेला नगर्न ओलीको आग्रह

काठमाडौंँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् । पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

काठमाडौँ , नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौँ,  आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया

दोहा,कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो । कतार सरकारले जारी गरेको

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

काठमाडौँ ,नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा

कोरोना भाइरसको निरन्तर निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौँ , सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै