पत्रपत्रिका Archive

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ
सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले

शिक्षकको कुटाइबाट एक बालकको मृत्यु
झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस
महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै
जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा यो केन्द्र खडा भइसकेको छ ।

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी
विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा

लक्ष्यभन्दा आधा कमले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं , सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या
काठमाडौंँ , कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने
काठमाडौँ , प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

बलात्कारपछि घाँटी निमोठेर हत्या
धनगढी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा

महामारीमा उडे ६२ हजार भन्दा बढी नेपाली
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७