सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द
प्रकासित मिति : २०७८ फाल्गुन ३०, सोमबार २१:०४
प्रकासित समय : २१:०४
काठमाडौं, सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको छ ।यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको हो।