महिला र पुरुष फुटबलरलाई समान तलब
प्रकासित मिति : २०७७ मंसिर २६, शुक्रबार १५:१६
प्रकासित समय : १५:१६
काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो ।
यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएको थियो । एन्फाले पुरुषको पनि तलब ३ हजार रुपैयाँ बढाएर १८ हजार बनाएको हो ।लामो समयदेखि महिला र पुरुष फुटबलरको तलब समान हुनुपर्ने विषयमा आवाज उठ्दै आएको थियो ।
साथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।