यस्ता छन विश्वकै उत्कृष्ट फुटबलर मेस्सीका जीवनका १० रोचक तथ्य……
एजेन्सी,लियोनल मेस्सी दुनियाँका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन्। मेस्सी विश्वका एक मात्र त्यस्ता खेलाडी हुन जसले पाँच पटक फिफा बलेम डीओरको उपाधी जितेका छन्।
तीन पटक युरोपियन गोड्नेन शुको उपाधी जित्ने उनी एक्लो फुटबलर हुन। तर यो उनको लागि दुर्भाग्य रह्यो कि उनले अर्जेन्टीनालाई कुनै ठुलो उपाधी जिताउन सकेनन्। कोपा अमेरिका कपको हार पश्चात मेस्सीले अन्तरराष्ट्रिय फुटबलबाट भलै सन्यास लिए तर क्लबको फुटबल खेलमा भने अझै उनको जादु देख्न पाइनेछ।
यस्ता छन मेस्सीका जीवनका रोचक कुरा
१. अर्जेन्टीनालाई च्याम्पियन बनाउन नसकेपनि मेस्सी अर्जन्टिकाका सबैभन्दा सफल फुटबलर हुन। उनले आफ्नो टिमको लागि ५५ गोल गरेका छन्। यतिका गोल अर्जेन्टिनाको तर्फबाट अन्य कसैले गरेको छैन।
२. फुटबलको कलाकारिताले विश्वलाई मुग्ध पार्ने मेस्सी बालककालमा ग्रोथ हरमोन सम्बन्धी रोगले ग्रसित थिए। उनको प्रतिरोध क्षमता कम थियो र आँखाको तेज कम हुँदै थियो। बढ्नको लागि उनलाई बाहिरबाट हर्मोन दिनुपर्थ्यो। यसको लागि उनले लगातार तिन वर्षसम्म हप्ताको सातै दिन खुट्टामा इन्जेक्सन लिएका थिए ।
३. मेस्सीको फुटबल प्रतिभालाई सबैभन्दा पहिले बार्सिलोनाले चिनेको थियो। क्लबले १३ वर्षको उमेरमा मेस्सीलाई सन् २००० डिसेम्बर १४ मा अनुबन्धन गरेको थियो। मेस्सीलाई आफ्नो क्लबमा आबद्ध गर्न बार्सिलोनालाई यति हतार थियो कि यो सम्झौता एक न्याप्किन पेपेरमा लेखेर गरिएको थियो।
४. मेस्सी खानाको पारखी हुन। उनले बिफ, पोर्क, चिकन, टमाटर अनि प्याज निकै मन पराउँछन्।
५. मेस्सीलाई सन् २००४ मा स्पेनले आफ्नो देशको लागि खेल्न अफर दिएको थियो। मेस्सीले यो अफर लत्याएका थिए। सो समय उनी अर्जेन्टीनाको तर्फबाट खेल्न सुरु गरिसकेका थिएनन्।
६.अर्जेन्टीनाको तर्फबाट मेस्सीले सन् २००५ मा हंगेरीको विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय डेब्यु गरेका थिए। केवल १८ वर्षका मेस्सीले पहिलो म्याचमा केवल ४७ सेकन्ड मैदानमा बिताएका थिए। रेड कार्ड पाएपछि उनको पहिलो अन्तराष्ट्रिय म्याच ४७ सेकेन्डको मात्र रह्यो।