ट्राफिक कार्यालय सुर्खेतको सरप्राइज चेकिङ : निशानामा नियम उल्लङ्घन गर्नेहरु

वीरेन्द्रनगर, सुर्खेतमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सुर्खेतले नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही सरप्राइज चेकिङ अभियान सुरु गरेको छ ।

पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे) ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि ट्राफिक प्रहरी कार्यालय सुर्खेतले विशेष सरप्राइज चेकिङ अभियान  सञ्चालन गरेको हो ।

उक्त अभियानमा ट्राफिक प्रहरी सुर्खेतका प्रमुख प्रहरी निरिक्षक रोहित कुमार शाहीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा (मापसे) कारवाही संख्या २, अन्य कारवाही संख्या १४ गरि जम्मा कारवाही संख्या १६ जना कारवाहिमा परेको बताइएको छ । साथै टोलीले ३ वटा सवारीसाधन नियन्त्रणमा लिएको बताएको छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको प्रहरी निरिक्षक शाहीले बताए ।

शुक्रबार गरेको गरेको सरप्राइज चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १६ जना चालक कारबाहीमा परेको बताइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न ट्राफिक प्रहरी कार्यालय सुर्खेले सबैमा आग्रह समेत गरेको छ ।