काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले गृहमन्त्री सुधन गुरुङ सँग फेवाताल क्षेत्रमा २० रोपनी जग्गा आफ्नै नाममा रहेको भन्ने चर्चाबारे तत्काल स्पष्ट पार्न सार्वजनिक आग्रह गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत यथार्थ सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्रीप्रति जिम्मेवारीअनुसार प्रश्न उठाउनु आफ्नो कर्तव्य भएको बताएका छन्। उनले फेवाताल जग्गा स्वामित्वबारे फैलिएको विवादले सामाजिक सञ्जाल तातेको र गम्भीर नैतिक प्रश्न खडा गरेको उल्लेख गरे।
उनले भने, “अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्। तपाइँलाई मान्दैनन्, प्रहरीले पनि टेर्न छाड्छन्।” विवादबारे ढिलाइ नगरी तथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलनको सुझाव पनि दिएका छन्।
साम्पाङले गृहमन्त्रीको जेनजी आन्दोलनको चैत २३ गतेका घटनामा दोषीहरूलाई पक्राउ गरेको कामको प्रशंसा गर्दै आगामी कारबाहीलाई अझै अघि बढाउन शुभकामना व्यक्त गरेका छन्। तर उनले सदनमा उठाएका अन्य मुद्दाहरू नबिर्सन समेत गृहमन्त्रीलाई स्मरण गराएका छन्।
यी मुद्दामा जीबी राई र रवि लामिछाने सम्बन्धी न्यायिक कारबाही पनि समेटिएको छ। साम्पाङले गृहमन्त्रीले आफ्नो सुझावलाई सकारात्मक रूपमा लिने अपेक्षा व्यक्त गरेका छन्।