दिन गनेर बस्ने छुट छैन, सेकेण्ड गनेर काम गरिरहेका छौँ : सभापति लामिछाने

काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिन र महिना नभई सेकेण्ड गनेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तारुढ दल रास्वपाको तर्फबाट बोल्दै उनले दिन गनेर बस्ने छुट आफूहरूलाई नभएको बताएका हुन्।

आफूहरू प्रश्न सोधेर र समस्या देखाएर यो अवस्थामा आइपपुगेको भन्दै अब जवाफ दिने र समाधान गर्ने ठाउँमा आइपुगेको तर्क गरे।

आफूहरूले सेकेण्ड गनेर काम गर्ने भन्दै लामिछानेले सरकार बनेको केही दिनमा परिणाम देखिन थालिसकेको बताए। उनले इतिहासबाट सिक्न लाज नमान्ने प्रतिक्रिया दिए।