बहुमतको प्रवक्तामा दिपक चलाउने

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को प्रवक्तामा युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ चयन भएका छन् ।

यही चैत्र १४ देखि १६ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय समितिको पाँचौं बैठकले नेता चलाउनेलाई पार्टी प्रवक्ताको जिम्मेवारीमा चयन गरेको महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले बुधबार प्रेस वक्तव्य मार्फत जानकारी दिएका छन् ।

नेता चलाउने माओवादीले गरेको शसत्र जनयुद्धका चर्चित कमाण्डर हुन् । उनी डिभिजन सह-कमाण्डर सम्म पुगेका थिए ।

निरन्तर आफ्नो विद्रोही र क्रान्तिकारी छवि कायम राख्दै आएका नेता दिपकले तत्कालीन प्रचण्ड नेतृत्वको एकिकृत नेकपा (माओवादी) बाट सँग मोहन वैध ‘किरण’ नेतृत्वमा विद्रोह गर्दा जनमुक्ति सेनामा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।