एमाले कार्यवाहक अध्यक्ष बने बादल
प्रकासित मिति : २०८२ चैत्र १९, बिहीबार ०८:३२
प्रकासित समय : ०८:३२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई प्रदान गरिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई जिम्मेवारी सुम्पिएको जानकारी केन्द्रीय सदस्य तथा सांसद ऐन महरले दिएका छन्। आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको बताइएको छ।
बैठकमा अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिएका थिए।
अध्यक्ष ओलीलाई गत शनिबार जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको थियो।

