हस्तक्षेपमुक्त विश्वविद्यालयको आवरणभित्र निजीकरण लाद्ने षड्यन्त्र : विरेन्द्र शाह

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले विश्वविद्यालयलाई `हस्तक्षेपमुक्त´ बनाउने नाममा शिक्षामा निजीकरण लाद्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

संगठनको केन्द्रीय समितिको तर्फबाट प्रेस वक्तव्य जारी गर्दै उनले चैत १४ गते सरकारले ६० दिनभित्र विश्वविद्यालय हाताभित्र रहेका विद्यार्थी संगठनका संरचना हटाउने निर्णयलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उक्त निर्णयले विद्यार्थीहरूको राजनीतिक अधिकार र वाक स्वतन्त्रतामाथि ठाडो आक्रमण गरेको उनको भनाइ छ ।

शाहका अनुसार विश्वविद्यालयलाई तथाकथित रूपमा ‘दलीय हस्तक्षेपमुक्त’ बनाउने बहानामा शिक्षामा निजीकरणलाई संस्थागत गर्ने, शैक्षिक शोषणलाई तीव्र पार्ने र विद्यार्थीहरूको चेतनालाई कमजोर बनाउने योजनाअनुसार उक्त निर्णय अघि सारिएको हो ।

उनले यसलाई लोकतान्त्रिक अधिकारमाथिको योजनाबद्ध हमला भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । अन्यथा विद्यार्थी आन्दोलन सशक्त रूपमा अघि बढाइने चेतावनी समेत दिएका छन् ।

अखिल (क्रान्तिकारी) ले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यसविरुद्ध संघर्षमा उत्रने संकेत गरेको छ । संगठनले सम्पूर्ण प्रगतिशील विद्यार्थी शक्तिहरूलाई एकताबद्ध भई अधिकारको रक्षाका लागि संघर्षमा उत्रन आह्वान गरेको छ ।

यस्तो छ वक्तव्य :