हर्क साम्पाङले गरे प्रधानमन्त्रीसँगको छलफल बहिष्कार

काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सिंहदरबारमा बोलाएका कोशी प्रदेशका प्रतिनिधिसभा सांसदहरूसँगको छलफल बहिष्कार गरेका छन् ।

साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठक तुरुन्त बोलाउनुपर्ने माग गर्दै, अनौपचारिक बैठकमा आफ्नो दलका सांसदहरूको सहभागिता नहुने बताइसकेका थिए ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको कम्तीमा एकपटक संसद् बैठक राखिनुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न सक्दैन । सबै प्रश्नको उत्तर दिनै पर्छ ।’

प्रधानमन्त्रीको सचिवालयले यस कार्यक्रममा श्रमसंस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो, तर साम्पाङले संसद्को औपचारिक प्रक्रिया र जनप्रतिनिधिको जिम्मेवारीको पक्षमा बहिष्कारको निर्णय गरेका छन् ।