पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासबाटै पक्राउ
प्रकासित मिति : २०८२ चैत्र १४, शनिबार ०६:३४
प्रकासित समय : ०६:३४
काठमाडौं , जेनजी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तत: प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।

