प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभा हलमा सम्पन्न कार्यक्रममा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदमध्ये ज्येष्ठ सदस्य बाहेक २७४ जना सांसदले शपथ लिएका हुन् ।
शपथ ग्रहणका क्रममा सांसद आ–आफ्नो मौलिक संस्कृति झल्कने पहिरनमा उपस्थित भएका छन्, जसले संसद् भवनमा सांस्कृतिक विविधताको झल्को दिएको छ ।
सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले नै सांसदलाई शपथ गराउने संवैधानिक व्यवस्था अनुसार केसीले यो जिम्मेवारी निर्वाह गरेका हुन् ।
शपथ कार्यक्रमअघि सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले नवनिर्वाचित सांसदलाई स्वागत गरेका छन् ।ज्येष्ठ सदस्य केसीले गराए शपथ

