अछाम-२ सांसद बोगटीले अछामी भाषामा सपथ ग्रहण

काठमाडौं । अछाम-२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद यज्ञ बोगटीले आज अछामी भाषामा प्रतिनिधिसभामा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

सिंहदरबारमा आयोजित नवनिर्वाचित सांसदहरूको सपथग्रहण कार्यक्रममा उनले अछामी भाषामा सपथ लिएको जानकारी फेसबुक वालमार्फत पनि सार्वजनिक गरेका छन्।

आज करिब ४ दर्जनभन्दा बढी सांसदहरूले आफ्नो मातृभाषामा सपथ लिएका छन्। यसले मातृभाषा संरक्षण र प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको बताइएको छ।

सांसदहरूले मातृभाषामा सपथ लिँदा स्थानीय भाषाको महत्व र सांस्कृतिक पहिचानलाई सुदृढ गर्ने कदमको रूपमा स्वागत गरिएको छ।