धुरन्धर २ लाई ‘ए’ प्रमाणपत्र, प्रदर्शन चैत ६ गतेबाट
प्रकासित मिति : २०८२ चैत्र ४, बुधबार १६:४८
प्रकासित समय : १६:४८
मुम्बई — बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र धुरन्धर : द रिभेन्ज (धुरन्धर २) लाई केन्द्रीय चलचित्र प्रमाणन बोर्डले ‘ए’ प्रमाणपत्र दिएको छ। बोर्डले अत्यधिक हिंसात्मक दृश्य र अपशब्दका कारण चलचित्र १८ वर्षभन्दा माथिका दर्शकका लागि मात्र उपयुक्त हुने निर्णय गरेको हो।

चलचित्रमा टाउकोमा प्रहार, काट्ने, लात्ती हान्ने र ढुङ्गा प्रहार गर्ने दृश्य छोट्याइएको छ भने लागूपदार्थ र आँखा फुटाउने दृश्यमा चेतावनी थपिएको छ। अपशब्द र आपत्तिजनक शब्दहरू परिमार्जन गरिएका छन्।
पहिलो भाग ३ घण्टा ३४ मिनेटको थियो भने दोस्रो भाग ३ घण्टा ४९ मिनेटको बनेको छ। चलचित्र आदित्य धारको निर्देशनमा बनेको हो र संजय दत्त, अर्जुन रामपाल, सारा अर्जुनले अभिनय गरेका छन्। प्रदर्शन चैत ६ गतेदेखि सुरु हुनेछ भने सशुल्क पूर्व–प्रदर्शन आज राति ८ बजेबाट सुरु हुने छ।

