अपांगता भएका व्यक्तिविरुद्ध हिंसा रोकथाम अभिमुखिकरण कार्यक्रम

दैलेख अपांगता भएका व्यक्तिविरुद्ध हिंसा रोकथाम अभिमुखिकरण कार्यक्रम भएको छ । अपांगता भएका व्यक्तिहरूमाथि हुने हिंसा रोकथाम तथा अधिकारप्रति समुदायलाई सचेत बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम हो । दैलेखको नारायण नगरपालिका वडा नं ६ रामपुरमा अभिमुखिकरण कार्यक्रम भएको हो। समुदायमा आधारित संघ–संस्थाहरूको नेतृत्वमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक सचेतना अभिवृद्धिसँगै जोखिममा रहेका बालबालिकालाई शैक्षिक सहयोग पनि प्रदान गरिएको छ।

कार्यक्रमको अनुगमन गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षणका लागि समुदायस्तरमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । “समाजमा समानताको भावना विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन् । उनले भने अपांगता भएका व्यक्तिहरूमाथि हुने हिंसा रोक्न र उनीहरूको अधिकार सुनिश्चित गर्न नगरपालिका निरन्तर प्रयासरत छ ।

त्यस्तै उपप्रमुख तप्ता कुमारी खड्का थापाले समुदायमा सामाजिक सचेतना विस्तार गर्न यस्ता पहलहरू प्रभावकारी हुने बताइन् । आगामी नगर नीति तथा कार्यक्रममा पनि यस्ता कार्यक्रम समावेश गर्ने योजना रहेको जानकारी समेत दिइन् ।

“समान अधिकार र सुरक्षित समाज निर्माणका लागि समुदायस्तरमा सचेतना अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी नीति तथा कार्यक्रममा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौंउनले भनिन् । ”

र्यक्रममा सहभागी सामुदायिक संस्थाका प्रतिनिधिहरूको सामूहिक सल्लाहमा कार्यक्रम सञ्चालन बापत प्राप्त रकमबाट नारायण नगरपालिका वडा नं। ६, ७ र ८ का जोखिममा रहेका कक्षा ५ मा अध्ययनरत तीन जना बालबालिकालाई कापी, कलम, ज्यामित्री बक्स, पानी खाने बोतल लगायतका आवश्यक शैक्षिक सामग्री सहयोग गरिएको थियो ।

सहयोग प्राप्त विद्यार्थी सुरेश श्रेष्ठले खुसी व्यक्त गर्दै भने,“नयाँ कापी र कलम पाउँदा पढाइमा धेरै सहयोग पुग्ने बताए। केही समयका लागि भए पनि शैक्षिक सामग्रीको समस्या समाधान भएको उनको भनाइ थियो ।” अभिभावक अनिता श्रेष्ठले दृष्टिविहीनताको कारण आफूहरूले भोग्दै आएको कठिनाइ स्मरण गर्दै यस्तो सहयोगले बालबालिकाको पढाइप्रति आशा बढाएको बताइन्।

त्यस्तै अर्की अभिभावक तप्ता कुमारी थापा ले हिंसाबाट प्रभावित आफ्नो परिवारलाई यस्तो सहयोगले राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग आवश्यक रहेको बताइन्। कार्यक्रम EU/UNFPA को आर्थिक सहयोग, नारायण नगरपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण तथा हिंसा विरुद्ध सचेतना फैलाउन समुदायस्तरका कार्यक्रम प्रभावकारी हुने बताए ।

अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण र हिंसा विरुद्ध सचेतना फैलाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । त्यसै गरि सोसेक नेपालका कार्यक्रम प्रमुख भिम केसीका अनुसार हाल सोसेक नेपालले विभिन्न दातृ निकायको सहयोगमा कर्णालीका ७ जिल्ला, सुदूरपश्चिममा १ र मधेस प्रदेशमा १ गरी ९ जिल्लामा १८ वटा परियोजनामार्फत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएका छन ।
कार्यक्रमले अपांगता भएका व्यक्तिहरू, महिला, बालबालिका तथा लोपोन्मुख समुदायका अधिकारप्रति सचेतना फैलाउँदै समावेशी समाज निर्माणतर्फ सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।