गुमानटारले पायो नयाँ बिद्यालय भवन : अभिभावक भए गदगद

सुर्खेत, वीरेन्द्रनगर सरस्वती आधारभुत बिद्यालय गुमानटार वीरन्द्रनगर १३ इन्द्रपुरमा बनेको बिद्यालयको भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । होप फर किड्स इन्टरनेनल र विइ इगनाइट नेशन नेपालको संयुक्त लगानीमा दुई तले १० कोठे आधुनिक भवन हस्तान्तरण गरिएको हो ।

 

आज एक बिशेष समारोहमार्फत भवन हस्तान्तरण गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रनाथ योगीले जानकारी दिए । अध्यक्ष योगीका अनुसार कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्रराज कोइरालाको प्रमुख आतिथ्यता एसोओस बालग्रामका अध्यक्ष श्री गोपाल घिमिेर, सामुदायीक बिद्यालय व्यपवस्थापन महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष कगोविन्द कोइरालाको बिशेष आतिथ्यतामा भएको थियो । त्यस्तै होप फर किड्स इन्टरनेनलका निर्देशक र विइ इगनाइट नेशनका निर्देशकको बिषेश उपस्थीतिमा कार्यक्रम भएको थियो ।

विइ इगनाइट नेशन निर्देशक प्रतिक बिष्ट (अमर) को बिषेश पहलमा भवन निमार्ण भएको थियो । भवन समापन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक बिष्टले यदि शिक्षक अभिभावकको चासो र चिन्ता बिद्यार्थीको भविश्य केन्द्रित रहेमा अबको समयमा निजि बिद्यालयबाट भन्दा सामुदायीक बिद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान सकिने बताए । बिष्टले आफु र आफ्नो संस्थाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिद्यालयको शैक्षिक गुणस्तर निमार्णमा एसोएस बालग्राम सुर्खेतले बिशेष योगदान पुर्याएको बताइएको छ । शिक्षामा लगानी भविष्यमा आम्दानी भन्ने मुल नारा सहित समाज रुपान्तरणमा होमिएको शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुको योगदानले समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अतिथिहरुको भनाई रहेको थियो ।

बिद्यालय हस्तान्तरण कार्यक्रममा करिब ४ सय बढिको सहभागीता रहेको थियो । भवन हस्तान्तरण भएपछि स्थानीय अभिभावकहरु खुशीले गद्गद् भएका छन ।

यसरी बनेको थियो गुमानटारको सरस्वती आ.बी

स्व.डिलानाथ योगीद्धारा सरस्वती आधारभुत बिद्यालय गुमानटार २०४६ सालमा स्थापना भएको हो । करिब ३६ बर्ष पछि काया फेरेको उक्त बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डिलानाथका छोरा चित्रनाथ योगी व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् ।

बुवाको सपना पुरा गर्ने धोको बोकेका चित्रनाथको सपना भवन निमार्णले पुरा गरेको छ । उनि भन्छन बुवाले मन्दिरको ठाउँमा बिद्यालय खोल्नु भयो मैले भवन बनाएर कर्तव्य पुरा गरेँ । संयोग ४६ साल देखी ८२ सालसम्मा उक्त बिद्यालय वीरेन्द्रगरको ६ किलोमिटर टाढा भएपनि वीरेन्द्रनगरको भन्न अवस्थामा थिएन ।
वि सं २०४६ सालमा स्थापना भएर शैक्षिक सत्र २०८२ सम्म आइपुग्दा आधारभुत तह कक्षा ८ सम्म संचालनमा आएका थियो ।