राप्रपा काठमाडौं–१ मा पहिरो, अम्बिका अर्यालसहित ३५ जनाको बहिर्गमन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ मा कमजोर बन्दै गएको संकेत देखिएको छ ।

केन्द्रीय सदस्य चोकराज घिमिरे र सह–महामन्त्री सुरेन्द्रबहादुर शाहीको राजीनामापछि अम्बिका अर्यालसहित ३५ जनाले पार्टी परित्याग गरेका छन् । उनीहरू सबै क्षेत्र नम्बर १, वडा नम्बर ११ का बासिन्दा हुन् ।

पार्टी त्यागेका सबै जना जनता संरक्षण दल मा आबद्ध भएका छन्।

यसबीच काठमाडौं–१ मा प्रबल थापा को अवस्था बलियो देखिएको छ भने रञ्जु दर्शना निकटतम प्रतिस्पर्धीका रूपमा उभिएकी छन् ।

आन्तरिक विवादका कारण रवीन्द्र मिश्र तेस्रोपटक पराजयको जोखिममा रहेको आकलन गरिएको छ ।