जमुनाको संघर्षमयी यात्रा : परिवार संवादले बदलिएको कथा

नारायण नगरपालिका दैलेखकी दैलेखि (परिवर्तित नाम)  तीन छोरीकी आमा हुन्। बिबाह हुँदा जमुना २० वर्षकी थिइन् । छोरा अनिवार्य चाहिन्छ भन्ने सामाजिक मुल्य मान्यताले ग्रसित समुदायमा बस्दै आएकी जमुनाले केवल छोरी जन्माएको कारण लामो समयसम्म मानसिक हिंसा, अपमान र सामाजिक विभेद सहनुपर्‍यो। छोरा नजन्माएको आरोपमा उनलाई दोषी ठहर्‍याइयो, अपमानजनक शब्द प्रयोग गरियो र वंश चलाउन नसकेको भन्दै आलोचना गरियो । आफन्त र समाजले उनका श्रीमान लाई दोश्रो बिबाह गर्नसमेत दबाब दिए।

त्यही कठिन समयका बीच उनका श्रीमान् क्यान्सरबाट ग्रसित भई निधन भएपछि जमुनाको अवस्था झन् जटिल बन्यो। तीन छोरीको पालनपोषण एक्लै गर्दै उनले परिवार र समाज दुवै तर्फबाट सामाजिक , मानसिक दबाब र विभेदको सामना गर्नु परिरहेको थियो । युरोपेली संघ र संयुक्त राष्ट्रसंघको सहयोगमा सोसेक नेपाल द्वारा सञ्चालन भईरहेको “सशक्त महिला, समृद्ध नेपाल” (EWPN) कार्यक्रम अन्तर्गतका परिवाद संवाद कार्यक्रम सहभागी हुने जमुनालाई मौका मिल्यो र यहि मौका जमुनाको जीवनमा निर्णायक मोड बन्यो । यी सत्रहरूमा समुदाय सहजकर्ता तथा लैङ्गिक हिंसा प्रतिकार्य सेवा प्रदायकहरूले सन्तानको लिङ्ग निर्धारण महिलाको कारणले नभई पुरुषको जैविक भूमिकाबाट हुने तथ्य स्पष्ट पारे।

यो वैज्ञानिक र तथ्यगत जानकारी जमुनाको परिवारका लागि नयाँ थियो। सही जानकारी प्राप्त गरेपछि परिवारका सदस्यहरूले आफ्नो अज्ञानताका कारण जमुना माथि अन्यायपूर्ण व्यवहार गरेको स्वीकार गरे । त्यस पछि परिवारका सदस्यहरूले आफ्नो सोच र व्यवहारमा सुधार गरे र जमुनाप्रति सम्मानजनक व्यवहारको सुरुवात भयो । छोरीहरूलाई बोझ होइन, परिवारको अभिन्न अङ्गका रूपमा स्वीकार गरियो । मानसिक हिंसा र लाल्छना हुन् कम हुदै गयो ।

अहिले जमुना तीन छोरीकी आमा र एकल महिलाको रूपमा गरिमामय जीवन बिताइरहेकी छन्। उनका छोरीहरू आत्मविश्वासी वातावरणमा हुर्किरहेका छन्। परिवारभित्रको सोच परिवर्तनले जमुनालाई मात्र होइन, छोरीहरूको भविष्यलाई समेत सुरक्षित र सम्मानजनक बनाएको छ। यो परिवर्तनले समुदायस्तरमा समेत सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।जमुनाको जीवनमा आएको परिवर्तनले सही जानकारी, खुला संवाद र लैङ्गिक रूपान्तरणमुखी दृष्टिकोण ले दीर्घकालीन व्यवहार परिवर्तन सम्भव बनाउँछ। परिवार संवादबाट सुरु भएको परिवर्तन अहिले व्यवहारमा रुपान्तरित भइसकेको छ, जसले दीर्घकालसम्म निरन्तरता पाउने आधार तयार भएको छ।

जमुनाको परिवार अब लैङ्गिक समानता र सम्मानजनक सम्बन्धको अभ्यासमा प्रतिबद्ध छ। यो सफलता सोसेक नेपालको सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको प्रभावकारी कार्यान्वयनको उदाहरण हो, जसले महिलामाथि हुने मानसिक हिंसा न्यूनीकरण गर्दै परिवारलाई नै परिवर्तनको केन्द्र बनाएको छ । जमुना थापाको कथा भिभिन्न प्रेरणात्मक लगानीले जीवन परिवर्तन, सामाजिक रूपान्तरण र पुस्तान्तरणीय सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने स्पष्ट प्रमाण हो।

जमुनाले युएनफपिएको सहयोगमा र सोसेक नेपालको सामाजिक सहजीकरणमा संचालन गरेको भ्ध्एः कार्यक्रम बाट संचालन गरिएको परिवार संवाद कार्यक्रम बाट जिबीकोपार्जन सुधारका बिउ पुँजी सहयोग पाएकी थिइन । त्यही रकम बाट परिवारको आर्थिक अवस्था सुधार गर्न र छोरीहरुको पढाई खर्च व्यवस्थापननको लागी बाख्रा पालन पनि सुरुवात गरेकि छन । कर्णाली प्रदेशमा जमुना जस्तै २६० घरपरिवारले जिबिकोपार्जन सहयोग पाएर बाख्रा पालन, कुखुरा पालन, खुद्रा व्यापार, तरकारी खेती र केही रकम आफुले थपेर भैंसी पालन समेत गरेका छन ।