अनामनगर र घट्टेकुलोका सचेत नागरिक प्रबलको पक्षमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ वडा नम्बर २९ का बुद्धिजीवी एवम स्वतन्त्र नागरिकहरुले काँग्रेस उम्मेदवार प्रबल थापालाई समर्थन गरेकाछन् ।

अनामनगरका विशेष कार्यक्रम आयोजना गरि उनीहरुले उम्मेदवार प्रबल थापाको उपस्थितिमा समर्थन जाहेर गरेकाहुन् ।

सुरुमा उनीहरूले थापालाई आफ्नो योजना र कार्यक्रम सुनाउन लगाएका थिए । थापाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै मुलुकका समस्या, समाधानको उपाय र आफ्नो कार्यक्रमबारे दृष्टिकोण प्रस्तुत गरेका थिए ।

उम्मेदवार थापाको भनाइ सुनेपछि उनीहरूले प्रबललाई समर्थन गर्ने घोषणा गरेका हुन । कार्यक्रममा विभित्र क्षेत्र, वर्ग, समुदाय र आस्थाका मानिसहरु उपस्थित थिए ।

काठमाडौं २९ वडामा २८ हजार जनसंख्या भएपनि मतदाता संख्या ९ हजार रहेको छ। यसपटकको निर्वाचनमा यो वडाबाट कम्तीमा ६ हजार मत खस्ने अनुमान गरिएको छ ।

प्रबललाई यसअघि नै पूर्व प्रहरी रमेश खरेलले समर्थन गरिसकेकाछन् । खरेलको साथले प्रबलको जितेको सम्भावना झन बढेको छ ।