काठमाडौं १ मा प्रबलको पल्लाभारी, रवीन्द्रलाई धक्का
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रबल थापाको जितको सम्भावना बढेको छ ।

काँग्रेसको आन्तरिक एकता सुदृढ हुनुकासाथै यहाँका बुद्धिजीवी, नागरिक अगुवा र राप्रपाको असन्तुष्ट समूहले समेत थापालाई सहयोग गर्ने भएपछि उनको जित लगभग निश्चित भएको छ ।
राप्रपामा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएपछि असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य चोकराज घिमिरेले पनि प्रबललाई समर्थन गरेकाछन् ।
घिमिरेले सामाजिक सञ्जालमा युवा अघि सर्छ देश अघि बढ्छ भन्दै स्थानीय उम्मेदवारलाई समर्थन गर्न सबैलाई अपिल गरेकाछन् ।
उनले लेखेका छन् – “कुनै पनि चिल्ला, चिप्ला कुरा गर्ने काम केही नगर्ने टुरिष्ट नेता जाे चुनावताका मात्र आउने अवसरवादी नेतालाई हैन स्थानीय व्यक्ति जुन माटाेमा हुर्केबढेकाे र बुझेकाे उमेदवार लाई नै आफ्नाे अमुल्य मतदान गरि जिताऔं ।”
राप्रपाका ४७० भन्दा बढी स्थानीय नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएर थापालाई समर्थन गर्ने तयारी गरेकाछन् ।
राप्रपाभित्रै विद्रोह हुन थालेपछि रवीन्द्र मिश्रलाई भने गम्भीर धक्का लाग्ने भएको छ ।


