खेत जोतिरहेका बेला गोली हानी हत्या

सिराहा । सिराहामा एक जनाको गोली हानी हत्या गरिएको छ । सिराहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिराहा नगरपालिका वडा नम्बर ७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो ।

आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

खेत जोत्न गएका उनीमाथि गोली हानेर हत्या गरेको भन्ने खबर पाउनासाथ वडाअध्यक्ष महेशकुमार यादवले प्रहरीलाई खबर गरिएको जानकारी दिए । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ।