‘पब्लिक डिबेट’का लागि तयार छु : संयोजक प्रचण्ड
प्रकासित मिति : २०८२ माघ १४, बुधबार १७:१८
प्रकासित समय : १७:१८
काठमाडौं , नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए ।
उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छ। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’
भावी प्रधानमन्त्रीबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस चलिरहेको छ। एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

