काठमाडौं ८ मा नवीन शाही र रास्वपाका विराजभक्तबीच कडा टक्कर
प्रकासित मिति : २०८२ माघ १३, मंगलवार १७:०१
प्रकासित समय : १७:०१
काठमाडौं । फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसिभा निर्वाचनका लागि काठमाडौं ८ मा राप्रपा र रास्वपाबीच कडा टक्कर देखिएको छ । राप्रपाले पार्टीका बलियो नेता केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठ पनि झस्केकाछन् ।

गत निर्वाचनमा रास्वपाका नेता श्रेष्ठले जित हासिल गरेपनि यसपटक नवीनसँग उनको कडा टक्कर हुने भएको छ । नवीन स्थानीयवासी, समाजसेवी र सबै पिंढीका नागरिकबीच लोकप्रियछन । उनी कालीमाटी फलफूल तरकारी बजार बिकास समितिका निर्देशक पनि हुन ।
नेता शाही आफू यो क्षेत्रको स्थानीय वासिन्दा भएको र जनताको हरेक सुखदुःखमा साथ रहेकाले आफनो जित सुनिश्चित भएको बताउँछन । रास्वपाका नेता श्रेष्ठ पनि जित निकाल्नेमा आशावादी छन ।
यो क्षेत्रमा नेकपाका उम्मेदवार सुमन सायमी र नेकपा एमालेका नेता राजेश शाक्य पनि उम्मेदवार रहेकाछन ।

