रवीन्द्र मिश्रविरुद्व विद्रोहको तयारी, ४७० जनाको हस्ताक्षर

काठमाडौं । राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएपछि सो क्षेत्रमा विद्रोह हुने भएको छ ।

राप्रपाका सो क्षेत्रका नेता कार्यकर्ताले विद्रोहका लागि हस्ताक्षर संकलन सुरु गरेकाछन् । हालसम्म ४७० जनाको हस्ताक्षर संकलन भैसकेको एक नेताले जानकारी दिए ।

राप्रपा काठमान्डौ १ मा ठूलो संख्यामा युवा तथा महिलाहरुले पार्टीमा विद्रोह गर्ने र यसको घोषणा फागुण १० गते गर्ने जानकारी दिएकाछन् ।

मिश्रको उम्मेदवारी दर्ताकाबेला समेत यो क्षेत्रका प्रभावशाली नेता सहभागी भएका थिएनन् ।