बङ्गुर पालनले बदलिएको भविसराको भावी

गरे के हुदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेकी छन् नारायण नगरपालिका ३ दैलेखकी भविसरा सार्की । भविसराको भावी बंगुर पालनले बदलिएको छ । सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (EWPN) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार संवाद कार्यक्रममा नियमित रूपमा सहभागी हुँदै आएकी नारायण नगरपालिका–३, दैलेखकी भविसरा सार्कीले प्राप्त यातायात खर्च बापतको २२ हजार रुपैयाँलाई सदुपयोग गर्दै बङ्गुर पालन व्यवसाय सुरु गरीन् बिस्तारै बंगुर पालनले उनको दैनिकी बदलियो ।

सीमित आम्दानी र बढ्दो खर्चका कारण परिवारको जीवनयापन चुनौतीपूर्ण बन्दै गएको थियो। तीन छोरी र श्रीमान सहितको परिवारको जिम्मेवारी बोकेकी सार्कीको घरमा आफ्नै खेतीपातीबाट वर्षको करिब तीन महिना मात्रै खान पुग्ने अवस्था थियो। बाँकी समय परिवारको जीविकोपार्जनका लागि उहाँका श्रीमान ज्याला मजदुरी गर्दै आइरहेकी उनको जीवनले चोला फेर्न सुरु गर्यो ।

उनी सोसेक नेपालबाट संचालन गरिएको परिवार संवाद कार्यक्रमको नियमित सहभागी पनि हुन ।यही परिस्थितिमा परिवार संवाद कार्यक्रममा सहभागी हुन आउँदा लाग्ने यातायात खर्च बापत सोसेक नेपालले उपलब्ध गराएको २२ हजार रुपैयाँले भविसरा सार्कीले दुई वटा बङ्गुर खरिद गरी पालन सुरु गरेकी हुन्। सानो देखिने यो सहयोगले उनको जीवनमा ठुलो आत्मविश्वास र नयाँ आशा थपेको छ। कुनै पनि औपचारिक वा अनौपचारिक शिक्षा नलिएकी भविसरा सार्कीले अहिले आफ्नै नाममा बैंक खाता सञ्चालन गरी बैंकिङ कारोबारसमेत गर्न थालेकी छन्, जसले उहाँको आर्थिक सशक्तीकरणमा थप टेवा पुर्‍याएको छ।

आज उनको निरन्तर मेहनत र लगनशीलताले बङ्गुर पालन व्यवसाय परिवारको आम्दानी बढाउने महत्वपूर्ण आधार बनेको छ। यसले दैनिक खर्च धान्न सहज बनाउनुका साथै भोलिका दिनप्रति उहाँका सपना अझै बलिया बनेका छन्।

भविसरा सार्कीको यो उदाहरणले अवसर र सही मार्गदर्शन पाए महिलाहरू आफ्नै खुट्टामा उभिन सक्ने सन्देश दिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले बताइन्। उनका अनुसार, भ्ध्एल् कार्यक्रममार्फत सोसेक नेपालले महिला सशक्तीकरण र दिगो जीविकोपार्जनमा समुदायस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ।