प्रतिनिधि सभा सुर्खेत–२ बाट झकबहादुर मल्ल होमिँदै
प्रकासित मिति : २०८२ माघ ४, आईतवार १७:१३
प्रकासित समय : १७:१३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुर्खेत क्षेत्र नं. २ मा झकबहादुर मल्ल (सुदीप) प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न लागेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न औपचारिक अनुमति प्रदान गर्नुभएको छ ।
जनयुद्धकालीन समयका चर्चित युवा नेता मल्ल सुर्खेत जेलब्रेक घटनाका कमाण्डरका रूपमा समेत परिचित हुन् ।

