गोरखा क्षेत्र नं. २ बाट लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदै

काठमाडौं । गोरखा ।गोरखा क्षेत्र नं. २ बाट आदरणीय लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न औपचारिक अनुमति प्रदान गर्नुभएको छ ।

न्यौपाने जनयुद्धकालीन समयका चर्चित युवा र बौद्धिक नेता मानिन्छन् । उनी दुई पटक अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष भएर संगठन नेतृत्व गरिसकेका छन् ।